Tuesday, 30 June 2015

काला दिन हरु

जब स्रस्टा बेखबर
सृष्टि लड्खडाउछ
अनि टुट्छ भरोसा
हृदय डगमगाउछ
खुला आकाश सार्बभौम
महल लर्बाराउछ
बाच्न खोज्छ शरीर
मस्तिष्क हडबडाउछ
टुट्न थाल्छ  धरातल
भय रग्मगाउछ
आश्वासन को खोजी गर्दै
बालक बर्बाराउछ
यादहरमा मात्र केबल्
प्रक्रिती मग्मगाउछ
अनी शान्ती भङ्गगर्दै
आकाश गड्गडाउछ 
                      अनी.....

No comments:

Post a Comment