Monday, 14 August 2017

अपुरो प्रयास -जलमग्न्न देश

आज भयो यो हाल
कारण तिम्रै बेहोशी
कति बच्न खोज्छौ अजै
प्रकृतिलाई बनाइ दोषी

कति हुन्छौ बेस्थ अजै
भर्न आफ्नै खल्ति
सुइकारेर सुधारन अबत
बिगतका ती  गल्ती

डुब्न् लाग्यो पुरै देश
गर न केहि अब
पुरानो घाउ नपुरिदै
फेरि गन्नु पर्यो शव
.........................
३०.४.२०७४

Tuesday, 30 June 2015

काला दिन हरु

जब स्रस्टा बेखबर
सृष्टि लड्खडाउछ
अनि टुट्छ भरोसा
हृदय डगमगाउछ
खुला आकाश सार्बभौम
महल लर्बाराउछ
बाच्न खोज्छ शरीर
मस्तिष्क हडबडाउछ
टुट्न थाल्छ  धरातल
भय रग्मगाउछ
आश्वासन को खोजी गर्दै
बालक बर्बाराउछ
यादहरमा मात्र केबल्
प्रक्रिती मग्मगाउछ
अनी शान्ती भङ्गगर्दै
आकाश गड्गडाउछ 
                      अनी.....

मेरो आसा :संबिधान

सफलता नतिजा हुन सक्छ
लक्ष्य कोसिस बनाउदा
हार निरासा बन्न सक्छ
जित मा खुशी मनाउदा
दुई पक्ष खेल एक निराश
अर्काले खुशी मनाउदा,
खुसी नै खुशी हुन सक्छ
माघ मा संविधान बनाउदा
भुलेर आफ्नो स्वर्थ
मिलेर देश सजाउदा,
बि:स 71 मा नयाँ संविधान
संगै राष्ट्रिय गान बजाउदा
सगरमाथा अनि बुद्ध
हाम्रो भन्दै नारा लगाउन
नपर्ला कि फ़ेरि देश लाई
पर्गती पथ मा गुडाउदा
Magh 2071

.....स्वार्थी म.....

.....स्वार्थी म.....
म त साच्चै स्वार्थी भएछु ,                         
कसै को खुशी को पल मा  पनि आँसु झारी रहेछु
बिचरी उन्को पिडा कस्तो होला भित्र रोएर  पनि हासि  रहेछन
मलाई  त रुने आधिकार छ तै पनि आफ्नै पिडा ठुलो  ठानि रहेछु
म त साच्चै स्वार्थी भएछु ,                         
कसै को खुशी को पल मा  पनि आँसु झारी रहेछु
कैले दुर्घटना त कैले युद्ध
अनि बिचरा कति को  काख रित्यो,कति को साथ छुट्यो अनि कति को आस टुट्यो
मेरो त सपना न टुट्या हो
तर पनि म अझै आफै लाइ दुखी भनी रहेछु
म त साच्चै स्वार्थी भएछु ,                         
कसै को खुशी को पल मा  पनि आँसु झारी रहेछु
देश  डुब्न लागिरहेछ ,देश मलाई  खोजी रहेछ
म भने चाइ आफ्नै भबिस्य को बारे मl सोची रहेछु म त साच्चै स्वार्थी भएछु ,                           
कसै को खुशी को पल मा  पनि आँसु झारी रहेछु
कलम चलाउछु आधा  तिम्रो बारेमा  अनि आधा  भेसको
यत्तिकै मा समय बित्यो बल्ल याद आयो खै देश त भुली रहेछ
म त साच्चै स्वार्थी भएछु ,                         
कसै को खुशी को पल मा  पनि आँसु झारी रहेछु
                                           august 6 2014
                                                   Bpk